अन्तर्राष्ट्रिय

जहाज दुर्घटनामा ३० जनाको मृत्यु

२०७० मंसिर १२ गते ५:०६

काठमाण्डु, १२ मंसिर–हाइटीबाट अमेरिका जाँदै गरेको पानीजहाज बहामास सामुद्रिक किनारमा दुर्घटना हुदा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १ सय १० जनालाई भने उद्धार गरिएको छ । सो जहाजमा करीब १ सय ४० आप्रावासी सवार थिए । क्षमता भन्दा बढी यात्रु रहकै...

‘अमेरिकाबाट हवाई प्रतिरक्षा क्षेत्र उलंघन’

२०७० मंसिर १२ गते २:०५

काठमाण्डु, १२ मंसिर–चीनले अमेरिकी विमानले भर्खरै घोषित गरिएको आफ्नो हवाई प्रतिरक्षा क्षेत्र उलंघन गरेको जनाएको छ । अमेरिकाको बी ५२ बमबर्षक विमान पूर्वी चिनिया सागरको एक विवादीत टापु माथिबाट उडाईएको अमेरिकाले पनि स्वीकार गरेको छ । चीनले पूर्वी चिनिया सागरको कतिपय लागु हुने गरि...

सम्झना मुम्बई हमलाको

२०७० मंसिर ११ गते १२:३८

नयाँ दिल्ली, ११ मंसिर– मुम्बई हमलाको स्मरणमा मङ्गलबार त्यहाँ स्मरण सभाहरु गरिएका समाचार छ । सन् २००८ मा भारतीय आर्थिक राजधानीका नाममा परिचित मुम्बई सहरको एक होटलमा भएको आक्रमणमा १७० जनाको ज्यान गएको थियो । सो आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्न ती सभाहरु...

थाइल्यान्डमा सरकार विरोधी प्रदर्शन जारी

२०७० मंसिर ११ गते ८:०५

बैङ्कक, ११ मङ्सिर–थाइल्यान्डका विपक्षी दलहरुले मङ्गलबार पनि सरकारका विरुद्धको प्रदर्शनलाई जारी नै राखेका छन । प्रदर्शनकारीहरूले सोमबार त्यहाँको अर्थमन्त्रालयमा प्रवेश गरेर विरोध गरेका थिए । मङ्गलबार उनीहरुले सो विरोध प्रदर्शनको कार्यक्रमलाई थप मन्त्रालयमा विस्तार गर्ने जनाएका हुन् । सोही कार्यक्रम बमोजिम मङ्गलबार बिहानैदेखि उनीहरु...

बंगलादेशमा संसदीय चुनावको मिति घोषणा

२०७० मंसिर ११ गते ७:५८

काठमाण्डु–बंगलादेशमा आउँदो जनवरी पाँच तारिकमा संसदीय चुनाव हुने भएको छ । बंगलादेशका मुख्य चुनाव आयुक्त काजी रकीबुद्दीन अहमदले चुनावको मिति घोषणा गरेका हुन् । चुनावमा हालकी प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीग र विपक्षी बंगलादेश नेश्नलिष्ट पार्टी (बीएनपी) की नेतृ खालिदा जियाबीच कडा टक्कर...

थाइल्यान्डमा आपतकाल घोषणा

२०७० मंसिर ११ गते २:००

बैङ्कक, ११ मंसिर–विद्रोहीहरुले अर्थ र विदेश मन्त्रालय नियन्त्रणमा लिएपछि थाइल्याण्डमा आपतकालिन अवस्था घोषणा गरिएको छ । सरकारले प्रधानमन्त्री यिङलक सिनावात्राका दाजु तथा र पूर्वप्रधानमन्त्री थाक्सीन सिनावात्रालाई आममाफी दिने उद्देश्यले कानुन ल्याउने तयारी गरेपछि प्रतिपक्षीहरुले आन्दोलन चर्काएका छन् । सुथेप थाउगसुबानको नेतृत्वमा सयौं प्रदर्शनकारीहरूले आन्दोलन...

‘चिनियाँ हवाइ प्रतिरक्षा क्षेत्र खतरनाक’

२०७० मंसिर ११ गते १:४७

टोकियो, ११ मंसिर–बेइजिङले हवाइ प्रतिरक्षा क्षेत्र घोषणा गरेकामा टोकियोले यस कार्यलाई ‘निकै खतराजन्य’ मानेको छ । चीन र जापानले यस विषयमा सोमबार एकअर्काका राजदूतलाई बोलाइ यस क्षेत्रीय विवादलाई अझै चर्काएका छन् । वासिङटनले सेनकाकु द्वीपको विषयमा कुनै पनि सैनिक सङ्घर्षमा आफू जापानको पक्षमा रहने...

चार वर्षपछि पनि त्रिपालमै बास

२०७० मंसिर १० गते १२:४६

१० मंसिर- हाइटीकी एक आठ वर्षीया बालिका विद्लेने गाब्रिएलले आफ्नो उमेरको आधा समय अस्थायी शिविर अर्थात त्रिपालमा विताएकी छिन् । भूकम्प गएको चार बर्ष बित्न लाग्दा पनि गाब्रिएल र उनका परिवार हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको पूर्वीय उपनगर  ओन्भील्लेमा रहेको एक त्रिपालमा बसोबास गर्दै...

हत्याविरुद्ध बान कि मुनद्वारा कडा निन्दा

२०७० मंसिर १० गते ९:३३

न्यूयोर्क, १० मंसिर– संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सुडानको डारफोरमा शान्ति स्थापनार्थ खटिइ आएका राष्ट्रसङ्घीय शान्ति स्थापकको हत्याको कडा शब्दमा निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको तर्फबाट डारफोरमा खटेका शान्ति सैनिकको त्यहाँका विद्रोहीले हत्या गरेका थिए । उत्तरी डारफोरमा खटेका रुवाण्डाली सैनिकको त्यहाँ...

विश्वशक्ति तथा इरानबीच ऐतिहासिक पारमाणविक सम्झौता,व्याख्या आ-आफनै

२०७० मंसिर ९ गते १६:३०

जेनिभा, ९ मङ्सिर- इरानले आइतबार विश्वका शक्ति मुलुकसँग एक ऐतिहासिक सम्झौता गरी आफ्नो पारमाणविक कार्यक्रममा कटौती गर्न सहमति व्यक्त गरेको छ । यसलाई ती मुलुकले तेहरानलाई पारमाणविक बम प्राप्त गर्न नदिन एक दशक लामो प्रयासमा सबैभन्दा ठूलो पाइलाको रुपमा लिएका छन् । तेहरानले यस...

तेल पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

२०७० मंसिर ९ गते ९:३८

बेइजिङ, ९ मङ्सिर गत शुक्रबार चीनको सानडोङ्ग प्रान्तको  तटीय नगर किङडाओमा एक तेल पाइपलाइनमा भएको विस्फोटमा परी  मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको सो प्रान्तको उद्धार प्रमुख कार्यालयले आइतबार जनाएको छ । उद्धारकर्ताहरुले आइतबारसम्म थप चार शव निकालेपछि सो सङ्ख्या ५२ पुगेको जनाइएको छ ।...

थप २०० आश्थाका बन्दी मुक्त गर्न म्यानमार तयार

२०७० मंसिर ९ गते ७:३२

याङ्गुन, ९ मङ्सिर–म्यानमारमा बाँकी रहेका  आश्थाका बन्दीहरूमध्ये छानविन गरी यस वर्षको अन्त्यसम्म थप दुईसयलाई मुक्त गरिने अपेक्षा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सरकारद्वारा गठित छानविन समितिले ‘म्यानमार पिस सेन्टर’ द्वारा आइतवार सो बिषय खुलासा गरिएको हो । अन्तिम पटक नोभेम्बर १५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us