तेल पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ९:३८ मा प्रकाशित

बेइजिङ, ९ मङ्सिर गत शुक्रबार चीनको सानडोङ्ग प्रान्तको  तटीय नगर किङडाओमा एक तेल पाइपलाइनमा भएको विस्फोटमा परी  मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको सो प्रान्तको उद्धार प्रमुख कार्यालयले आइतबार जनाएको छ ।
उद्धारकर्ताहरुले आइतबारसम्म थप चार शव निकालेपछि सो सङ्ख्या ५२ पुगेको जनाइएको छ । यस विस्फोटनमापरी अझै पनि अन्य एघार जना बेपत्ता रहेका पनि सो कार्यालयले बताएको समाचारमा उल्लेख छ । विस्फोटनमा १३६ जना घाइते भएका र घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका पनि चिकित्सक स्रोतले बताएको छ ।
सरकारको स्वामित्वमा रहेको यस तेल संस्था सिनोपेकको पाइपलाइनमा शुक्रबार बिहान चुहावट देखिएको र कामदारहरूले उक्त स्थानमा मर्मत गर्न खोज्दा विस्फोट भएको जनाइएको थियो  ।     उद्धारकार्य जारी रहेका अधिकारीहरुले जनाकारी दिएका छन् । रासस÷एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us