चार वर्षपछि पनि त्रिपालमै बास

काठमाण्डु टुडे २०७० मंसिर १० गते १२:४६ मा प्रकाशित

haiti१० मंसिर- हाइटीकी एक आठ वर्षीया बालिका विद्लेने गाब्रिएलले आफ्नो उमेरको आधा समय अस्थायी शिविर अर्थात त्रिपालमा विताएकी छिन् ।

भूकम्प गएको चार बर्ष बित्न लाग्दा पनि गाब्रिएल र उनका परिवार हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको पूर्वीय उपनगर  ओन्भील्लेमा रहेको एक त्रिपालमा बसोबास गर्दै आएका छन् । सन् २०१० को जनवरी १० तारिखमा गएको भूकम्पबाट आफ्नो घर भत्किएको तर आफू चाहिँ बचेको गाब्रिएलले बताए । त्यसपश्चात नै उनीहरु सो त्रिपालमा बस्दै आएका छन् ।

भूकम्पको कारण त्यस बखत करिब १५ लाख व्यक्ति घरवारविहिन भएका थिए । त्यसपछि पनि निकै लामो समयसम्म उनीहरुले सहायता पाएका थिएनन् । हाइटीमा सन् २०१० को जनवरीमा गएको शक्तिशाली भूकम्पमा गाब्रिएल जस्तै लाखौं व्यक्ति विस्थापित भएका र ती मध्ये केहीको अझै पनि त्रिपालमा बास भएको छ ।

सो भूकम्पको कारण घरबारविहीन करिब १ लाख ७० हजार भन्दा बढी व्यक्ति अझै पनि अस्थायी शिविरमा रहेका हालै प्रकाशित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइएको छ । त्यस बखत गएको सो भूकम्पमा परी करिब दुई लाख ५० हजार व्यक्तिले ज्यान गुमाएका थिए । अरु हजारौँ व्यक्ति घाइते छन् ।

यसैगरी लाखौं व्यक्ति घरबारविहिन भएका थिए भने, कयौं घर परिवार अस्थायी शिबिर त्रिपालमा रहदै आएका छन् । अझै पनि सोही त्रिपालमा बसोबास गर्न बाध्य भएका ती परिवारले राम्रो खाना र बासको प्रबन्ध पनि पाएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us