जहाज दुर्घटनामा ३० जनाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ५:०६ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर–हाइटीबाट अमेरिका जाँदै गरेको पानीजहाज बहामास सामुद्रिक किनारमा दुर्घटना हुदा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १ सय १० जनालाई भने उद्धार गरिएको छ ।

सो जहाजमा करीब १ सय ४० आप्रावासी सवार थिए । क्षमता भन्दा बढी यात्रु रहकै कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

यही समुद्री तटमा सन् २०११ को डिसेम्बरमा क्युबाका आप्रावासी चढेको जहाज डुब्दा ३८ जनाको मृत्यु भएको थियो भने सन् २००९ मा हेइटीकै आप्रावासी लिएर आएको डुंगा दुर्घटना भएर बेपत्ता भएका ७० जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us