‘अमेरिकाबाट हवाई प्रतिरक्षा क्षेत्र उलंघन’

काठमाण्डु टुडे २०७० मंसिर १२ गते २:०५ मा प्रकाशित

aircraftकाठमाण्डु, १२ मंसिर–चीनले अमेरिकी विमानले भर्खरै घोषित गरिएको आफ्नो हवाई प्रतिरक्षा क्षेत्र उलंघन गरेको जनाएको छ । अमेरिकाको बी ५२ बमबर्षक विमान पूर्वी चिनिया सागरको एक विवादीत टापु माथिबाट उडाईएको अमेरिकाले पनि स्वीकार गरेको छ । चीनले पूर्वी चिनिया सागरको कतिपय लागु हुने गरि क्षेत्रमा शनिबारमात्र नयाँ हवाई प्रतिरक्षा नीति सार्वजनिक गरेको थियो । नयाँ हवाई प्रतिरक्षा नीति सार्वजनिक गर्दै चीनले उसको सुरक्षा नीतिको पालना गर्न अन्यथा आपतकालिन प्रतिरक्षाको कदम छेल्न तयार हुन चेतावनी दिएको थियो ।

अमेरिकी बमबर्षक विमान चीन र जापानबीच विवादित रहेको चीनमा दियायू र जापानमा सेन्काकु भनिने टापु माथिबाट उडाईएको जनाईएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नियमित प्रकृया अन्तरगत विमान सो टापु माथिबाट उडेको जनाएको छ । चीनले नयाँ प्रतिरक्षा नीति सार्वजनिक गरे लगत्तै जापानले त्यसलाई खारेज गरिसकेको छ । अमेरिकाले टापु माथि उडाईएको विमान ग्वामबाट उडेको र त्यसमा कुनै किसिमको हातहतियार नरहेको जनाएको छ । उक्त क्षेत्रमा नियमित जस्तै आफ्ना विमान उड्ने पनि अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । चीनबाट यस संबन्धमा कुनै प्रतिकृया नआएको पनि अमेरिकाले जनाएको छ ।

उक्त टापुमा आफ्नो समेत दावी प्रस्तुत गर्दै आएको ताईवानले पनि टापुको सुरक्षाकोलागि कुनै पनि कदम चाल्न सक्ने जनाएको छ । सो क्षेत्रबाट नियमित उडान गर्दै आएको जापान एयलाईन्स र अल निप्पन एयलाईन्सले जापानको सल्लाह अनुसार सो क्षेत्रमा उडान गर्ने नगर्ने निर्णय लिने जनाएको छ । सिंगापुर एयलाईन्स र अष्ट्रेलियाको क्वान्टास एयरलाईन्सले भने नयाँ चिनिया हवाई प्रतिरक्षा नीति पालना गर्ने जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us