सम्झना मुम्बई हमलाको

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १२:३८ मा प्रकाशित

नयाँ दिल्ली, ११ मंसिर– मुम्बई हमलाको स्मरणमा मङ्गलबार त्यहाँ स्मरण सभाहरु गरिएका समाचार छ । सन् २००८ मा भारतीय आर्थिक राजधानीका नाममा परिचित मुम्बई सहरको एक होटलमा भएको आक्रमणमा १७० जनाको ज्यान गएको थियो ।

सो आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्न ती सभाहरु गरिएका समाचारमा जनाइएको छ । सो सभामा भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उपस्थित भई उक्त आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको समाचारमा जनाइएको छ ।

सन् २००८ को नोभेम्बर २६ मा १० जना पाकिस्तानी आक्रमणकारीको एक समूहले मुम्बईको एक होटललाई नियन्त्रणमा लिई त्यहाँ रहेका नागरिकलाई बन्धक बनाएका थिए । पछि सरकारले ती आक्रमणकारीविरुद्ध गरेको कारबाहीमा पाकिस्तानी पक्षका ती व्यक्तिको कारबाहीमा परी १७० जनाको ज्यान गएको थियो ।

मोहम्मद अजमर अमिर कासबबाहेकका अरु सबैजना आक्रमणकारीलाई सरकारले कारबाहीको क्रममा मारेको थियो । पछि कासबलाई पनि भारतीय अदालतको फैसलाबमोजिम मृत्युदण्डको सजाय सुनाई सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us