थप २०० आश्थाका बन्दी मुक्त गर्न म्यानमार तयार

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ७:३२ मा प्रकाशित

याङ्गुन, ९ मङ्सिर–म्यानमारमा बाँकी रहेका  आश्थाका बन्दीहरूमध्ये छानविन गरी यस वर्षको अन्त्यसम्म थप दुईसयलाई मुक्त गरिने अपेक्षा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
सरकारद्वारा गठित छानविन समितिले ‘म्यानमार पिस सेन्टर’ द्वारा आइतवार सो बिषय खुलासा गरिएको हो । अन्तिम पटक नोभेम्बर १५ मा राष्ट्रपति उ थाँ सेनको आदेशबाट  ६९ जना बन्दी मुक्त भएका थिए ।
यसवर्षको अन्त्यसम्म यथाशक्य सबै राजनीतिक बन्दी मुक्त गरिने सरकारी प्रतिबद्धता रहेको समाचारमा उल्लेख छ  ।
म्यानमारमा नागरिक सरकारले २०११ को मार्च ३० बाट सत्ता सम्हालेयता हालसम्म २९ हजार ८२० राजनीतिक बन्दी रिहा भइसकेका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरसमेत म्यानमारको भ्रमणमा रहेका बेला राष्ट्रपति थाँ सेनले सो कदम चालेका हुन ।
राजनीतिक सहमति र राष्ट्रिय मेलमिलापको आधारमा वर्तमान सरकारले विगत लामो समयदेखि नै त्यहाँको जेलमा रहेका बन्दीलाई रिहागर्ने भएको छ ।
मुलुकमा राजनीतिक सुधार गर्ने क्रममा राष्ट्रपति कार्यालयका उ सो थाँको अध्यक्षतामा १९ सदस्यीय आश्थाका बन्दी छानविन समिति गठन भएको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us