अब्दुल्ला यामीन मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

काठमाण्डु टुडे २०७० मंसिर २ गते ४:१९ मा प्रकाशित

Abdulla-Yaminकाठमाण्डु, २ मंसिर– अब्दुल्ला यामीन मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अब्दुल्लाले पूर्वराष्ट्रपति मोहमद नशीदलाई पराजित गरेका हुन् । अब्दुल्लाले ५१ प्रतिशत भन्दा बढि मत ल्याएका छन् भने नशीदको पक्षमा ४८ प्रतिशत मत खसेको छ ।

पहिलो चरणको चुनावमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो ।  तर कसैको पनि ५० प्रतिशत मत नपुगेपछि शनिबार बढि मत ल्याएका अब्दुल्ला र नशीदबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

३० बर्षसम्म शासन गरेका अब्दुल गैयुमका सौतेलो भाइ अब्दुल्ला यामीन हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us