जर्जियाली राष्ट्रपतिलाई ओबामाको बधाई

काठमाण्डु टुडे २०७० मंसिर २ गते १०:०२ मा प्रकाशित

obamaजर्जिया, २ मंसिर । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्जियाका नव नियुक्त राष्ट्रपति  जर्जि माग्र्भेलासभिलीलाई बधाई दिएका छन् । ओबामाले जर्जियामा प्रजातान्त्रिक प्रक्रियाबाट भएको शान्तिपूर्ण राष्ट्रपतीय निर्वाचनको लागि जर्जियाली जनतालाई समेत बधाई दिएका हुन् ।

‘म जर्जि माग्र्भेलासभिलीलाई औपचारिक कार्य सुरुवातको दिनको लागि हार्दिक बधाई दिन्छु’ अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन् । ओबामाले निवर्तमान राष्ट्रपति मिखायल साकासभिली र निवर्तमान प्रधानमन्त्री बिजिना इभानिसभिलीलाई पनि मुलुकमा प्रजातन्त्र सुदृढीकरण गर्न दिएको योगदानको प्रशंसा गरे ।

गत अक्टोबर २७ का दिनमा भएको राष्ट्रपतीय निर्वाचनमा ४४ वर्षीय माग्र्भेलासभिलीले ६२.१२ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सन् १९९१ मा जर्जिया स्वतन्त्र भएपछिको उनी चौथो राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । तत्कालीन विशाल सोभियत सङ्घबाट सन् १९९१ मा जर्जिया स्वतन्त्र भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us