जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १२:५० मा प्रकाशित

काठमाण्डू, १८ जेठ– डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याइएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अरु आठ जना घाइते भएका हुन् ।

डोटी प्रहरीका सूचना अधिकारी दीपेन्द्रकुमार पालले बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र–०१००१ज१४६४ नम्बरको जिप दुर्घटना भएको बताए । घाइते सबैको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us