राइड सेयरिङविरुद्ध आन्दोलनरत यातायात व्यवसायीलाई गजेन्द्र बुढाथोकीको प्रश्न

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १२:३४ मा प्रकाशित

एक्सिडेन्टपछि विगत १६ वर्षदेखि मध्यम वा लामो दूरीमा हिँड्नु पर्दा मलाई ट्याक्सी नै चाहिन्छ ।

विगतमा रोकी सकेको ट्याक्सीले व्हीलचेयर देखेपछि लान नमान्ने, बढी भाडा माग्ने, अपशब्द बोल्ने धेरैपटक घटना बेहोरें ।

मोबाइलमा १०/१२ ट्याक्सी ड्राइभरको नाम सेभ होला । कस्तोसम्म भोगें भने त्यही ट्याक्सीका पछाडि बसेर दाई तपाईं कता ? फलानो ठाउँ जानुपर्ने भन्दा ए म त चन्द्रागिरि जाँदैछु । कलंकीको जाममा छु समेत भने ।

पठाओ र इनड्राइभ आएपछि आजकल सजिलो भएको छ । भाडा पनि कम तिर्नु परेको छ । पठाओमा भन्दा इन्ड्राइभमा तुलनात्मक सस्तो हुने भएकाले त्यता राइडर नपाएमात्र आजकल पठाओ बुक गर्छु ।

मजस्ता हजारौंलाई यस्ता सेवाले सहयोग गरेका छन् । एकातिर खुला बजारको वकालत गर्ने अनि प्रतिष्पर्धा निषेधित गर्ने कुरा मान्य हुँदैन ।

(सवारी दुर्घटनामा घाइते भएका बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्ट जस्ताको त्यस्तै)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us