
काठमाण्डू, १८ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने विपक्षी दलहरूको मागलाई ‘निराधार र अनुचित’ भन्दै गृहमन्त्रीले कुनै हालतमा राजीनामा दिन नमिल्ने तर्क गरेका छन ।
हिजो शनिबार काठमाण्डूमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘हाफ म्याराथन’को शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त संवादमा प्रधानमन्त्री ओलीले यस्तो प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन ।
उनले प्रतिपक्षको मागलाई ‘राजनीतिक हतारो’को संज्ञा दिए । प्रधानमन्त्री ओलीले भने, ‘गृहमन्त्रीमाथि कुनै ठोस आरोप छैन, न कुनै छानबिन चलिरहेको अवस्था छ । मातहतका एक कर्मचारीमाथि प्रश्न उठेको भरमा मन्त्रीलाई राजीनामा दिन भन्नु तर्कसंगत छैन ।
यस्तो माग संसद् अवरुद्ध गर्न खोजिएको बहाना मात्रै हो ।’ ओलीले स्पष्ट रूपमा गृहमन्त्री लेखकमाथि कुनै आरोप लाग्न बाँकी रहेको उल्लेख गर्दै भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीमाथि सिआइबीले औपचारिक रूपमा छानबिन गरिरहेको थियो, त्यस अवस्थामा राजीनामाको माग उठ्नु सामान्य थियो । तर, अहिले त्यस्तो कुनै स्थिति छैन । विपक्षीले विरोध गर्न निहुँ खोजिरहेको हो ।’
उनले विपक्षी दलहरूले अतिरञ्जित दाबी गर्दै परिस्थिति ‘३५ किलो सुन ओसारिएको’ जस्तो चित्रण गरिरहेको टिप्पणी पनि गरे । ‘झोलामा हात्ती हाल्न सकिन्छ र रु बच्चाहरूले खेलौना हात्ती मागेझैँ राजीनामा माग्न पाइन्छ, तर त्यसले व्यवहारिकता दर्शाउँदैन,’ ओलीले व्यंग्य गरे ।