राष्ट्रपतिलाई राष्ट्र भन्दा श्रीमतीको आँखा प्यारो !

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १८:३० मा प्रकाशित

मालद्वीप–संम्बैधानिक र राजनीतिक संकट बेहोर्दै आएका मालद्वीपका राष्ट्रपति मोहमद वाहिदले नयाँ राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा बिहिवार श्रीमती लिएर मुलुक छोडेका छन । नयाँ राष्ट्रपति चयनका लागि अर्को चरणको निर्वाचन शनिवार हुँदैछ । निर्वाचनमा नसिद तथा पूर्व राष्ट्रपति गयुमका भाइ अब्दुल्लाह यामिनबीच प्रतिस्पर्धा हुँदैछ । President of Maldives
तीन पटकसम्म भएका निर्वाचनबाट स्पष्ट मत प्राप्त नभएका कारण राष्ट्रपति चयन हुन नसकेपछि संम्बैधानिक संकट बेहार्दै आएका वाहिद श्रीमतीको आँखाको परीक्षण गराउन भन्दै हङकङ र सिंगापुरका लागि प्रस्थान गरेका हुन । उनका प्रवक्ता मसुद इमादका अनुसार वाहिदकी श्रीमतीको आँखामा समस्या देखिएको र स्वास्थ्य परीक्षण रोक्नु पर्ने कुनै आवश्यकता नदेखिएको भन्दै बिदेशिएका हुन । उनी एक महिना सम्म स्वदेश नफर्कनेगरी बिदेश गएको उनका प्रवक्ताले बताए । राष्ट्रपतिको रूपमा वाहिदले मुलुकको सशस्त्र सेनाको पनि नेतृत्व लिएका छन ।
संविधानअनुसार राष्ट्रपति वाहिदको कार्यकाल गत साता अन्त्य भए पनि उनले आफूलाई प्रतिस्थापन गर्ने व्यक्ति नचुनिएसम्म आफू पदमा कायम रहने बताउदै आएका छन । हिन्द महासागरमा रहेको यस द्वीप मुलुकमा स्वतन्त्र निर्वाचन गराउन नसकिए उचित उपाय लिइने भनी संयुक्त राष्ट्रसंघका पूर्वअधिकारी वाहिदमाथि पश्चिमी मुलुक, भारत तथा युरोपेली महासंघबाट दबाब परेको छ ।
पर्यटन उद्योगमा आश्रित यो मुलुक प्रजातान्त्रिक रूपमा पहिलोपटक निर्वाचित राष्ट्रपति मोहमद नसिदले फेब्रुअरी महिनामा राजिनामा दिएपछि विरोध तथा अस्थिरताबाट प्रभावित भएको छ । गत फेब्रुअरीमा सत्ता हस्तान्तरणको अवस्थामा मोहमद वाहिद राष्ट्रपति भएका थिए ।
पूर्व राष्ट्रपति नसिदले आफू अघिका निरङ्कुश नेता मौमुन अब्दुल गयुम तथा तत्कालीन उपराष्ट्रपति वाहिदको आदेशमा सुरक्षाकर्मीहरूले विद्रोह गरेकाले आफूले राजिनामा दिएको आरोप लगाउँदै आएका छन । यस आरोपलाई दुबै व्यक्तिले अस्वीकार गरेका छन ।
सेप्टेम्बर ७ मा भएको निर्वाचनमा नसिदले ४५ प्रतिशत मत प्राप्त गरेका थिए । र त्यसलाई सर्वोच्च अदालतले रद्द गरिदिएको थियो । त्यसपछिको दोस्रो चरणमा निर्वाचन गर्न निर्वाचन आयोगलाई रोकिएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us