मालदिभ्समा राष्ट्रपति चुन्न फेरि मतदान

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ४:०७ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– राष्ट्रपति निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि मालदिभ्समा दोस्रो चरणमा पनि मतदान हुने भएको छ ।

यसअघि दुईपटकसम्म रोकिएको निर्वाचन शनिबार सफलतापूर्वक सम्पन्न भएको थियो । तर, कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेकोले फेरि निर्वाचन गर्नुपर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचन आइतबार हुनेछ ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने दुईजनाबीच प्रतिस्पर्धा हुनेछ । शनिबार भएको मतदानमा पूर्वराष्ट्रपति मोहमद नासिदले सबैभन्दा धेरै ४६ दशमलव ९३ प्रतिशत मत ल्याएका थिए । अब उनको प्रतिस्पर्धा अबदुल्लाह यामीनसँग हुनेछ ।

२३ दशमलव ३४ प्रतिशत मत पाएका गोसिम इब्राहिम भने राष्ट्रपति निर्वाचन प्रकृयाबाट बाहिरिएका छन् । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us