जापानी राजारानीको भारत भ्रमणबारे छलफल

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ९:१४ मा प्रकाशित

india and japan flagनयाँ दिल्ली, २६ कात्तिक– भारत र जापानका विदेश मन्त्रीबीच मङ्गलबार यसै महिनाको अन्त्यतिर भारतको भ्रमणमा आउन लागेका जापानी राजारानीको भ्रमणका बारेमा छलफल भएको छ । जापानी राजारानी यही नोभेम्बर महिनाको ३० मा भारत भ्रमणमा आउन लागेका छन् । 

भारतमा भ्रमणमा रहेका जापानी विदेश मन्त्री फुमियो किसिदासँग भारतीय विदेश मन्त्री सलमान खर्सिदले भारतको गुरगाउँमा गरेको भेटमा सो छलफल भएको हो । उनीहरुबीच जापान र भारतको सम्बन्धका साथै आगामी दिनमा अघि बढाउन सकिने आर्थिक सहयोगका क्षेत्र र मुद्दामा पनि छलफल भएको छ ।

भारतीय र जापानी विदेश मन्त्रीबीचको यो भ्रमण तेस्रो पटक भएको हो । जापानी विदेशमन्त्री फुमियोसँग भारतको गुरगाउँमा जारी रहेको एसिया युरोप बैठकका लागि भारत आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us