राप्रपालाई गोकुल बास्कोटाको सुझावः तासको राजारानी खोज्नू, जिन्दगी गुजार्नू

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले नेपालमा फेरि राजतन्त्र फर्किने सपना बाकेर नहिंड्न राजावादी समुहहरुलाई सुझाव दिएका छन ।

आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले सरकारले नीति तथा कार्यक्रममै संविधान संशोधनको प्रतिबद्धता जनाएको स्मरण गरेका छन ।

संविधानमा संशेधन गर्न सकिने विषयलाई राप्रपाले समेत सघाउन सक्ने उनको आग्रह छ । राजा नै फर्काउने सपना भने नदेख्न उनको सुझाव छ । ‘होइन भने तासका बुकका राजारानी खोजेर अब जिन्दगी गुजार्नुस्, बाँकी त कहाँबाट आउनू ?’

राप्रपालाई उनको राय छ । राप्रपा राजसंस्था पक्षधर पार्टी हो । राजा–राजा भन्नु पनि समयको बर्बादी हो भन्ने बुझेर समयमै सच्चिन उनको आग्रह छ । एमाले सांसद बास्कोटाले भने, ‘राजा–राजा भनेको छ ।

निन्द्रा नि नपर्ला जस्तो भइसक्यो ! आउँदैन हजुर त्यो । त्यतातिर कोसिसै नगरौं । यो पनि समयको बर्बादी हो के । यसकारण त्यतातिर नजाऔं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us