अन्तर्राष्ट्रिय

केन्या र बगदाद आक्रमणमा ९९ जना मारिए

२०७० असोज ६ गते २:५०

काठमाण्डु ६ असोज– केन्याको राजधानी नैरोबी र इराकको राजधानी बगदादमा भएको आक्रमणमा ९९ जना मारिएका छन । बगदादमा भएको आत्मघाती आक्रमणमा परी ६० जना मारिएका छन भने नैरोवीमा भएको आक्रमणमा परी ३९ जना मारिएका छन ।  बगदादको शिया मुलमानहरुको बाहुल्यता रहेको शद्र सिटिमा एक...

रामदेव आठ घण्टा बेलायती प्रहरीको नियन्त्रणमा

२०७० असोज ५ गते १२:१५

काठमाण्डु, ५ असोज– लण्डनस्थित हेथ्रो विमानस्थलमा योग गुरु रामदेवलाई आठ घण्टा बन्दी बनाइ छाडिएको छ । बेलायती विमानस्थल अधिकारीहरुले योग गुरु रामदेवलाई आठ घण्टा बन्दी बनाएर शनिबार मुक्त गरेका हुन् । रामदेव पतञ्जली योगपीठले स्वामी विवेकानन्दको एक सय २० औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा...

सिरिया विद्रोहीसँग युद्धविराम आव्हान गर्ने पक्षमा

२०७० असोज ४ गते ४:३३

काठमाण्डु ४ असोज–सिरियाका उप–प्रधानमन्त्री कादिर जमिलले सिरियाको गृह युद्ध दुवै पक्ष बराबरी अवस्थामा रहेको बताएका छन् । सिरियाको युद्धमा अहिले कुनै पक्ष कुनै पक्षमाथि विजय प्राप्त गर्नसक्ने अवस्थामा नरहेको उनले बताए । जमिलका अनुसार युद्धको बराबरीको अवस्था केहि समय रहिरहने छ । बेलायती समाचारपत्र गार्जियनलाई प्रतिकृया...

विद्रोहीको आक्रमणमा ८७ जनाको मृत्यु

२०७० असोज ४ गते २:५७

काठमाण्डु, ४ असोज- नाईजेरियामा बिद्रोही संगठन बोको हरामले ८७ जना आम नागरिको हत्या गरेको छ । नाईजेरियाको उत्तर पुर्वी प्रान्त बोर्नोमा भएको घटनामा बोको हरामले दर्जनौ घरहरुमा समेत आक्रमण गरेको हो । सैनिक पोशाकमा आएका विद्रोहीहरुले बेनिशेख शहरबाहिर चेकपोष्ट खडा गरि चकिङ गरिरहेका बेला भाग्न खोजेका सर्वसाधारणलाई...

रासायनिक अस्त्र नष्ट गर्न सिरिया तयार

२०७० असोज ३ गते ३:३०

रासायनिक हमलाका सम्बन्धमा पुष्टि भएका कुरा भनेको राष्ट्र संघीय टोलीले लिएको रगत, माटो लगायतका नमूना मात्र हुन्।...

ब्राजीलकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमण रद्द

२०७० असोज २ गते १:४९

काठमाण्डु, २ असोज–ब्राजीलकी राष्ट्रपति डिल्मा रुसेफले, संयुक्त राज्य अमेरीकाको गुप्तचर एजेन्सीहरुले उनको सरकार र ब्राजीलका ठूला ब्यापारिक प्रतिष्ठानहरुको जासूसी गरेको भन्ने आरोपहरुका माझ आफूले आगामी महिना गर्न लागेको वाशिंगटनको राजकीय भ्रमण स्थगित गरेकी छिन्। त्यस्तो निर्णय लिंदा राष्ट्रपति रुसेफ एकदमै अप्ठ्यारो अवस्थामा परेको देखिएको...

सिरियामा रासायनिक हतियारको प्रयोग भएको पुष्टि

२०७० असोज १ गते १८:१२

संयुक्त राष्ट्रसंघले 16 तारिखका दिन सिरियामा भएको रासायनिक हतियारको प्रयोग सम्बन्धी छानबीन प्रतिवेदन सार्वजनिक गरेको छ। अगष्ट महिनाको 21 तारिख दमस्कशको घद्र क्षेत्रमा सरीन विषालु ग्याँसरहित रकेट रासायनिक हतियारको प्रयोग गरिएको उक्त प्रतिवेदनमा पुष्टि गरिएको छ। तर कुन पक्षले रासायनिक हतियारको प्रयोग गरेको भन्ने...

मुल्लालाई फाँसीको सजाय

२०७० असोज १ गते ६:१३

काठमाण्डु, १ असोज–बंगलादेशको सर्बोच्च अदालतले जमात–ए–इस्लामीका एक बरिष्ठ नेता अब्दुल कादर मुल्लालाई फाँसीको सजाय सुनाएको छ । सन् १९७१ मा बंगलादेशमा भएको युद्धमा मानवता विरोधी अपराध गरेको निष्कर्ष सहित नेता मुल्लालाई फाँसीको सजाय सुनाइएको हो । यसअघि गत फेब्रुअरी महिनामा उनलाई आजिवन काराबासको सजाय...

दुई कोरियाको औद्योगिक क्षेत्र खुला

२०७० भदौ ३१ गते १:५८

उत्तर कोरियाली भुमिमा रहेको उत्तर र दक्षिण कोरियाको संयुक्त ओद्योगिक क्षेत्र केईसोङ खुला गरिएको छ । केहि समय अघि दुई कोरियाबीच युद्धको खतरा उत्पन्न भए पछि बन्द गरिएको उद्योग खुलाउन गत हप्ता दुई कोरिया सहमत भएका थिए ।  उद्योग खुल्नुलाई दुई कोरियाबीचको तनावमा कमि...

सिरियाद्वारा रुस–अमेरिका सहमतिको स्वागत

२०७० भदौ ३० गते १४:५९

सिरियाले रुस र अमेरिकाबीच भएको सहमतिको स्वागत गरेको छ । सिरियाको रासायनिक हतियारका सम्बन्धमा रुस र अमेरिकाबीच भएको सहमतिलाई उसले आप्mनो विजय भएको बताएको छ । ‘यो युद्ध रोक्ने प्रयासमा भएको विजय हो’ सिरियाले भनेको छ । सिरियाका पुनर्निर्माण मन्त्री अलि हैदरले रुसी समाचार...

ओबामाद्धारा रुस–अमेरिका सम्झौताको स्वागत

२०७० भदौ ३० गते ८:०५

अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाको रासायनिक हतियार नियन्त्रणका सम्बन्धमा शनिबार रुस र अमेरिकाबीच भएको सहमतिको स्वागत गरेका छन् । सहमतिको स्वागत गर्दै ओबामाले अझ धेरै काम गर्न बाँकी रहेको बताएका छन् । ओबामाले सहमतिको पालना गर्न सिरियालाई सुझाव समेत दिएका छन् । रुस र...

भारतमा ४ बर्षीया बालिका बलात्कृत

२०७० भदौ ३० गते ६:१६

काठमाण्डु, ३० भदौ– भारतको महाराष्ट्रमा चार बर्षीया स्कूले बालिका बलात्कृत भएकी छन् । महाराष्ट्रको ठाणे जिल्लाको बदलापुरमा केजीमा अध्ययनरत चार बर्षीया बालिका स्कुल बस भित्र बलात्कृत भएकी हुन् । घटना सार्बजनिक भएपछि प्रहरीले बसका स्टाफ सन्दीप कर्वेलाई पक्राउ गरेको छ । आक्रोशित स्थानीय बासीन्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us