सिरियामा रासायनिक हतियारको प्रयोग भएको पुष्टि

काठमाण्डु टुडे २०७० असोज १ गते १८:१२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले 16 तारिखका दिन सिरियामा भएको रासायनिक हतियारको प्रयोग सम्बन्धी छानबीन प्रतिवेदन सार्वजनिक गरेको छ। अगष्ट महिनाको 21 तारिख दमस्कशको घद्र क्षेत्रमा सरीन विषालु ग्याँसरहित रकेट रासायनिक हतियारको प्रयोग गरिएको उक्त प्रतिवेदनमा पुष्टि गरिएको छ। तर कुन पक्षले रासायनिक हतियारको प्रयोग गरेको भन्ने विषय भने प्रतिवेदनले व्याख्या गरेको छैन।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले रासायनिक हतियारको प्रयोगको सबैभन्दा कडा निन्दा गरेका छन । उनका अनुसार, कुनै पनि पक्षले कुनै पनि परिस्थितमा रासायनिक हतियारको प्रयोग गरेमा उसले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन गरेर युद्ध अपराध गरेको ठहर्छ। अन्तर्राष्ट्रिय समाजले उसको जिम्मेवारीको जाँचबुझ गर्नुपर्छ।

साथै सिरियाले “रासायनिक हतियारको निषेध सन्धिमा” भाग लिएको र अमेरिका तथा रुसले सिरियाको रासायनिक हतियारको व्यवस्थापनबारे सन्धिमा हस्ताक्षर गरेको पनि महासचिव बान कि मूनले बताएका छन । उक्त सन्धिलाई व्यवहारमा उतार्न लगाउनका लागि मूनले सुरक्षा परिषद्सँग छिटो गतिविधि चाल्न ताकिता पनि गरेका छन।

एक अर्को जानकारीअनुसार, फ्रान्सेली राष्ट्रपति फ्राँस्वा होल्लान्डेले 16 तारिख अमेरिकी विदेश मन्त्री जोन केरी तथा बेलायती विदेश मन्त्री विलियम हगेयसँग भेटवार्ता गरेका छन। त्यसपछि फ्रान्स, अमेरिका र बेलायतले सुरक्षा परिषदसमक्ष सिरियाली रासायनिक हतियारसम्बन्धी समस्याको निर्णय-पत्रको मस्यौदा पेश गर्ने विषयबारे मतैक्यता प्राप्त गरेको जानकारी मूनले उहाँले दिए। उक्त निर्णय-पत्रले सिरियामा रासायनिक हतियार नष्ट गर्नेबारे ठोस समय सीमा दिएको छ।

सिरियाको विपक्षीले 15 तारिखका दिन वक्तव्य प्रकाशित गरेर अन्तर्राष्ट्रिय समाजसँग सिरियामा विमान निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ। हालसम्म अन्तर्राष्ट्रिय समाज तथा सिरिया सरकारले उक्त विषयबारे प्रतिक्रिया व्यक्त गरेका छैनन्।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि लिउ चे यीले सोह्र तारिखका दिन चीनले दृढताका साथ जुनसुकै मानिस तथा देशले रासायनिक अस्त्रको प्रयोग गर्ने कुराको विरोध गर्ने बताउँदै राजनैतिक तवरले सिरिया समस्याको समाधान प्रक्रियालाई अघि बढाउन समस्त अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सिरियाको रासायनिक अस्त्र समस्या सम्बन्धी महासचिव बान की मुनद्वारा जानकारी गराएपछि प्रतिनिधि लिउले सञ्चार-माध्यमसमक्ष सिरियाको रासायनिक समस्या सम्बन्धी चीनको अडानबारे बताएका छन।

प्रतिनिधि लिउका अनुसार, हाल रुस तथा अमेरिका बीच सिरियाली रासायनिक अस्त्र समस्याका सम्बन्धमा सम्झौताको प्रारुप सम्पन्न भएको छ र चीनले निकै स्वागत गरेको छ। प्रतिनिधि लिउले फेरि पनि राजनैतिक तरिका नै सिरिया समस्याको समाधान गर्ने एउटा मात्र उपाय भएको कुरामा जोड दिए।  सिआरआइ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us