सिरियाद्वारा रुस–अमेरिका सहमतिको स्वागत

काठमाण्डु टुडे २०७० भदौ ३० गते १४:५९ मा प्रकाशित

सिरियाले रुस र अमेरिकाबीच भएको सहमतिको स्वागत गरेको छ । सिरियाको रासायनिक हतियारका सम्बन्धमा रुस र अमेरिकाबीच भएको सहमतिलाई उसले आप्mनो विजय भएको बताएको छ ।
‘यो युद्ध रोक्ने प्रयासमा भएको विजय हो’ सिरियाले भनेको छ । सिरियाका पुनर्निर्माण मन्त्री अलि हैदरले रुसी समाचार संस्था रिया नोभोस्तीलाई सिरियाको तर्फबाट पहिलो प्रतिकृया दिँदै भने –‘हामी सहमतिको स्वागत गर्छौ’ । उनका अनुसार यस सम्भौताले एक तर्फ सिरियालाई संकटबाट बाहिर निस्कन मदत गर्छ भने अर्को तिर युद्धको खतराबाट रोक्छ । उनले भने ‘यो सिरियाको जीत हो, हामी रुसी साथीहरुलाई धन्यबाद दिन चाहन्छौ ।’
यस अघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सहमति एउटा महत्वपुर्ण कदम भएको बताएका छन । संयुक्त राष्ट्र संघ, चीन, फ्रान्स, बेलायत, अबर लीग र नटोले पनि सहमतिको स्वागत गरेका छन् । रुस र अमेरिका सिरियामा एक हजार टन बराबर रासायनिक हतियार रहेको निश्कर्षमा पुगेका छन् । यी हतियार सिरियाका विभिन्न ४५ठाउँमा रहेको र सबै सरकारी नियन्त्रणमा रहेको अमेरिकाको आँकलन छ । तर रुस हतियार रहेका ठाउँहरुको अनुमानित संख्यामा सहमत छैन । सबै हतियार सरकारी नियन्त्रण रहेको पनि उ मान्न तयार छैन ।
यसै वीच असद सरकार विरोधी विद्रोही संगठनका सैन्य कमाण्डरले सहमतिको विरोध गरेका छन् । यो अशादको लाई राहत स्वरुप केहि समय उपलब्ध गराउने रुसको चाल भएको ती विद्रोही सैन्य कमाण्डरले जनाएका छन् । उता विभिन्न विद्रोही संगठनहरुको छाता संगठन सिरियाली राष्ट्रिय गठबन्धनले भने सहमतिको दायरा बढाएर ब्यालेस्टिक मिसायल र मानव वस्तीमाथि हमलामा समेत प्रतिवन्ध लागाउन माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us