केन्या र बगदाद आक्रमणमा ९९ जना मारिए

काठमाण्डु टुडे २०७० असोज ६ गते २:५० मा प्रकाशित

काठमाण्डु ६ असोज– केन्याको राजधानी नैरोबी र इराकको राजधानी बगदादमा भएको आक्रमणमा ९९ जना मारिएका छन । बगदादमा भएको आत्मघाती आक्रमणमा परी ६० जना मारिएका छन भने नैरोवीमा भएको आक्रमणमा परी ३९ जना मारिएका छन । 

बगदादको शिया मुलमानहरुको बाहुल्यता रहेको शद्र सिटिमा एक अन्त्यष्टि कार्यक्रममा उक्त आत्मघाती हमला भएको थियो । मारिनेहरुमा महिला र बालबालिका पनि रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । घटनामा अन्य ७० जना घाईते भएको पनि जनाईएको छ । शनिबार राती भएको घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । यो हमला भन्दा केहि पहिला बदगदाकै उत्तरमा रहेको बैजी क्षेत्रमा एक प्रहरी थानमा हमला हुँदा ११ जना मारिएका थिए । पछिल्ला केहि समयमा ईराकमा साम्प्रदायीक आक्रमण निकै बढेको छ । सन् २००८ यता यस्ता घटना यस वर्ष निकै बढेको जनाईएको छ ।
उता राजधानी नैरोवीको एउटा शपिङ कम्पेलेक्समा बन्दुधारीहरुको एक समुहले अन्धाधुन्ध गोली प्रहारमा अन्य दर्जनौ घाईते भएका छन् । मारिनेहरु मध्ये केहि आप्mना आफन्त समेत रहेको केन्याका राष्ट्रपति उहुरु केन्याटाले जनाएका छन् । मारिने दुई जना भारतीय नागरिक पनि छन । सोमालियाको बिद्रोहीसंगठन अल शबाबले सो आक्रमणको जिम्मेवारी लिएको छ । अल शबाब बिद्रोही संगठन अलकायदा समर्थक संगठन मानिन्छ । सोमालियमा केन्याली सेनाको उपस्थितिको विरोध जनाउन सो आक्रमण गरिएको अल शबाबले जनाएको छ । सन् २०११ देखि केन्याली सेना सोमालियमामा बिद्रोहीसँग युद्ध गरिरहेको छ । केन्याको राजधानी नैरोबी स्थित एक प्रमुख शपिङ सेन्टर वेस्टगेट सेन्टरमा सो हमला भएको थियो । अल शबाबले केहि दिन अघिमात्र केन्यामा हमला गर्ने चेतावनी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us