बिपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक

काठमाण्डु टुडे २०८२ असार ६ गते २०:०६ मा प्रकाशित

काठमाण्डू, ६ असार– बिपी राजमार्गमा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रे, सिन्धुली र रामेछापको अन्तरजिल्ला सुरक्षा समन्वय समिति बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक गाडीबाहेक अन्य सवारी साधन

सञ्चालनमा रोक लगाइएको जानकारी दिए । ढकालका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्डमा गाडी चलाउन रोकिएको हो । सो सडक खण्ड अत्याधिक जोखिमयुक्त रहेको उनको भनाइ थियो ।

निर्णयमा काठमाण्डूबाट जाने गाडी काभ्रे भञ्ज्याङ र काठमाण्डू आउने गाडी सिन्धुलीको खुर्कोटमा होल्ड गर्ने निर्णयमा उल्लेख छ । तीनवटै जिल्लाको स्थानीय प्रशासनले रातिको समयमा जोखिमपूर्ण यात्रा नगरिदिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us