
काठमाण्डू, ६ असार– सुन तस्करी प्रकरणमा फरार रोल्पाकी अमला रोक्का मगर पक्राउ परेकी छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
सिआईबीका एसएसपी एसएसपी होबिन्द्र बोगटीका अनुसार रोक्कालाई काठमाण्डूको टोखा क्षेत्रबाट पक्राउ गरिएको हो । रोक्काका श्रीमान चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ सुन तस्करी प्रकरणमै पुर्पक्षणका लागि कारागारमा छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार छुट गराएर सेटिङमा बाहिर ल्याइएको सुन २ साउन २०८० मा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । तस्कर समूहले मोटरसाइकलको ब्रेक शुमा लुकाएर सुन ल्याएको थियो ।