
काठमाण्डु, १ असोज–बंगलादेशको सर्बोच्च अदालतले जमात–ए–इस्लामीका एक बरिष्ठ नेता अब्दुल कादर मुल्लालाई फाँसीको सजाय सुनाएको छ । सन् १९७१ मा बंगलादेशमा भएको युद्धमा मानवता विरोधी अपराध गरेको निष्कर्ष सहित नेता मुल्लालाई फाँसीको सजाय सुनाइएको हो ।
यसअघि गत फेब्रुअरी महिनामा उनलाई आजिवन काराबासको सजाय सुनाइएको थियो । मुल्लाले आफ्नो सजाय पुनर्विचार गर्न माग गर्दै सर्बोच्च अदालतमा अपील गरेका थिए । तर, सर्बोच्च अदालतले आजिवन काराबासको सजायलाई फाँसीको सजायमा बदलेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । मुल्लाले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
सन् १९७१ मा बंगलादेशमा भएको युद्धमा ३० लाख भन्दा बढीको मृत्यु भएको सरकारको तथ्यांक छ ।