
काठमाण्डू, २४ असार– नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन । टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले उनको बयान जारी रहेको आदालत स्रोतले जानकारी दियो ।