विद्रोहीको आक्रमणमा ८७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज ४ गते २:५७ मा प्रकाशित

काठमाण्डु, ४ असोज- नाईजेरियामा बिद्रोही संगठन बोको हरामले ८७ जना आम नागरिको हत्या गरेको छ । नाईजेरियाको उत्तर पुर्वी प्रान्त बोर्नोमा भएको घटनामा बोको हरामले दर्जनौ घरहरुमा समेत आक्रमण गरेको हो ।

सैनिक पोशाकमा आएका विद्रोहीहरुले बेनिशेख शहरबाहिर चेकपोष्ट खडा गरि चकिङ गरिरहेका बेला भाग्न खोजेका सर्वसाधारणलाई उनिहरुले अन्धाधुन्द गोली प्रहार गरेका थिए । नाईजेरिलाई ईस्लामिक राष्ट्र बनाउन माग गदैै सन् २००९ देखि बोको हरामले हिंसात्क विद्रोह शुरु गरेका हुन् । बोको हरामको हिंसात्मक गतिविधीबाट नाईजेरियाको बोर्नो राज्य सबैभन्दा बढि प्रभावित छ ।
विद्रोहका कारण बोर्नो राज्यसँगको सञ्चार सम्पर्क समेत नराम्ररी प्रभावित भएको छ । नाजेरियाली सरकाले बोर्नो र विद्रोहीको प्रभाव भएका अन्य दुई राज्यहरुमा संकटकालको घोषणा गरेको छ । प्रभावित राज्यहरुका विद्रोहीहरुको
प्रतिकार गर्न स्थानिय संगठनहरु गठन समेत गरिएको छ । तर पछिल्ला केहि समय यता ती संगठनका सदस्यहरु मारिने क्रम बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us