ओबामाद्धारा रुस–अमेरिका सम्झौताको स्वागत

काठमाण्डु टुडे २०७० भदौ ३० गते ८:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाको रासायनिक हतियार नियन्त्रणका सम्बन्धमा शनिबार रुस र अमेरिकाबीच भएको सहमतिको स्वागत गरेका छन् । सहमतिको स्वागत गर्दै ओबामाले अझ धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
ओबामाले सहमतिको पालना गर्न सिरियालाई सुझाव समेत दिएका छन् । रुस र अमेरिकाबीच स्वीट्जरल्याण्डको जेनेभामा सहमति भए लगत्तै एक विज्ञप्ति जारी गर्दै ओवामाले सहमितको भावनामा सिरिया खरो उत्रन सकेन भने सिरियामा आक्रमण गर्ने आप्mनो पूर्व निर्णयमा फर्कने चेतावनी पनि सिरियालाई दिएका छन् ।
सिरियाका राष्ट्रपति बशर अल–असदलाई अमेरिका र सिरियाको सहयोगी रुस बीच भएको सम्झौताबाट पछि नहट्न सचेत समेत गराएका छन् । गत अगस्त २१ तारिखका दिन दमास्कसमा रासायनिक हमला भएपछि अमेरिकाले हमलाको आरोप सिरियाली सरकारलाई लगाउँदै आएको छ । सिरियाले विद्रोही पक्षले आक्रमण गरेको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।
यसैबीच सिरियाली सरकारले आफुसँग पनि रासायनिक हतियार रहेको भने स्वीकार गरेको छ । सिरिया रुसको पहलमा रासायनिक हतियार नियन्त्रण गर्न सहमत भएपछि अमेरिकाले सिरियामाथि आक्रमण गर्ने आप्mनो योजना थाँती राखेको हो । सिरियाको विषयमा छलफल गर्न अमेरिका र रुसबीच स्वीट्जरल्याण्डको जेनेभामा बैठकमा सिरियाको रासायनिक हतियार नियन्त्रणको योजनाका विषयमा सहमति भएको छ । जस अनुसार सिरियाले एक हप्ता भित्रै आफुसँग भएका रासायनिक हतियारको विवरण दिनुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us