अन्तर्राष्ट्रिय

एक वर्षभित्र सिरियाको रासायनिक हतियार अन्त्य गर्ने सहमति

२०७० भदौ २९ गते १२:३८

काठमाण्डु, २९ भदौ– रुस र अमेरिकाबीच सिरियाको रासायनिक हतियार सन् २०१४ को मध्यसम्ममा अन्त्य गर्ने सहमति भएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले एक हप्ताभित्रमा सिरियामा भएको रासायनिक हतियारको विवरण बुझाउन माग गरेका छन् । केरीले छ बुँदे खाका कोर्दै सिरियाली सरकारलाई हतियार विवरण...

सिरियामा सैन्य कारवाही गर्ने निर्णय अमेरिकाले फिर्ता लिने

२०७० भदौ २९ गते ९:४४

काठमाण्डु, २९ भदौ–अमेरिकाले सिरियामा गर्ने भनेको हमलाको घोषणा फिर्ता लिने भएको छ । यसअघि अमेरिकाले सिरियाली सरकारले आफ्नै नागरिकमाथि रासायनिक हमला गरेको दाबीपछि सिरियामा सैन्य कारवाही गर्ने घोषणा गरेको थियो । रुसले स्वीजरल्याण्डको जेनेभामा जारी अमेरिकासँगको वार्तामा सिरियाविरुद्धको कारवाहीप्रति बारम्बार आपत्ति जनाएपछि अमेरिकाले हमलाको...

भारतमा १४ माओवादी विद्रोही मारिए

२०७० भदौ २९ गते ८:४५

काठमाण्डु, २९ भदौ–भारतको उडीशास्थित मल्कानगिरि जिल्लामा प्रहरीसँगको भिडन्तमा १४ माओवादी विद्रोहीको मृत्यु भएको छ । उडीशाका प्रहरी महानिर्देशक प्रकाश मिश्राले एक महिलासहित १४ विद्रोहीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् । शनिवार विहान छत्तीसगढ र उडीशाको सीमाक्षेत्रको जंगलमा मुठभेड भएको थियो । भारतीय समाचार...

सिरियाबारे अमेरिका र रुस ‘सहमति नजिक’

२०७० भदौ २९ गते ८:१३

स्वीट्जरल्याण्डको जेनेभामा संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जन केरी र उनका रुसी समकक्षी सेर्गेई लाभ्रोभबीचको वार्तामा प्रगति हासिल भैरहेको बताइएको छ। एकजना अधिकारीले बीबीसीलाई बताएअनुसार, सिरियाको रासायनिक अस्त्र भण्डारको अनुमानका सम्बन्धमा दुवै पक्षले पहिले विद्यमान मतभेदको खाडल केहि सांघुरो पारेका छन्। दुई दिनको वार्तापछि सिरियाको...

सिरिया मामिलामा रुस–अमेरिका बैठक दोस्रो चरणमा प्रवेश

२०७० भदौ २८ गते १३:१६

सिरियाको रासायनिक हतियारका सम्बन्धमा रुस र अमेरिकाबीच जारी बैठक दोस्रो चरणमा प्रवेश गरेको छ । रुस र अमेरिकाका विदेशमन्त्रीहरुबीच स्वीट्जरल्याण्डको जनेभामा भईरहेको बैठक बुधबार एक घण्टा चलेको थियो । दोस्रो चरणको बैठकमा संयुक्त राष्ट्र संघ तथा अरब लीगका दुत लखदर ब्राहिमी पनि बैठकमा सामेल...

अमेरिकी महाबाणिज्यदुतावासमा तालिवानको आक्रमण

२०७० भदौ २८ गते १३:०७

कावुल–अफगानिस्तानको दक्षिणी शहर हेरतमा तालिवानले अमेरिकी महावाणिज्य दुतावासमा आक्रमण गरेका छन् । तालिवानले आक्रमण गरेपछि अमेरिकी सेना र अफगानसेनाको आक्रमणकारीहरुसित भिडन्त भएको थियो । भिडन्तमा दुई अफगान सैनिक र ७ जना आक्रमणकारी मारिएका छन् । अमेरिकी महावाणिज्य दुतावास र त्यहाँका कर्मचारी भने सुरक्षित रहेको...

युवती बलात्कारका सबै आरोपीलाई मृत्युदण्ड

२०७० भदौ २८ गते ९:५३

काठमाण्डु, २८ भदौ–भारतको नयाँदिल्लीमा बसभित्र एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । दिल्ली अदालतका न्यायाधीश योगेश खन्नाले शुक्रबार सबै अभियुक्तलाई बलात्कारमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेका हुन् ।...

सिरियामाथि अमेरिकी आक्रमण:‘आतंकको नयाँ श्रृखला’

२०७० भदौ २७ गते ८:५६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाको मामिलामा अमेरिकी जनतालाई प्रत्यक्ष अपील गरेका छन । चर्चित अमेरिकी पत्रिका न्युयोर्क टाईम्समा लेखिएको आप्mनो लेख मार्फत पुटिले अमेरिकी जनतालाई प्रत्यक्ष सम्बोधन गरेका हुन् । लेखमा रुसी राष्ट्रपतिले सिरियामाथि अमेरिकी हमलाले आतंकको नयाँ श्रृखला सुरु गर्ने सक्ने भन्दै अमेरिकी...

रासायनिक हतियार अन्तर्राष्ट्रिय निगरानीमा राख्न सिरिया तयार

२०७० भदौ २७ गते ४:२८

सिरियामा रहेका रासायनिक हतियारलाई अन्तर्राष्ट्रिय निगरानीमा राख्ने रुसी प्रस्तावमाथि छलफल गर्न सुरक्षा परिषदको बैठक बसेको छ । न्युयोर्कमा भएको बैठकमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र सहभागी थिए । परिषदका स्थायी सदस्य मध्ये अमेरिका बेलायत र फ्रान्स सिरियाका लागि बाध्यकारी हुने...

बगदाद विष्फोटमा ३५ जना मारिए

२०७० भदौ २७ गते ४:२७

इराको राजधानी बगदाद नजिकै एक शिया मस्जिदमा भएको विष्फोटमा ३५ जना मारिएका छन् । मस्जिदमा भएका दुईवटा विष्फोटमा कम्तिमा ५५ जना घाईते भएको जनाईएको छ । शिया मुसलमान समुदायको वाहुल्यता रहेको कसरा जिल्लाको मस्जिदमा साँझको प्राथना सकेर मानिसहरु निस्कन लागेको बेला यो विष्फोट भएको...

रासायनिक आक्रमणमा सिरियाली सरकार जिम्मेवार रहेको ओबामाको दावी

२०७० भदौ २६ गते ७:०५

अमेरिकी राष्ट्रपति बराक ओबामाले गत महिना सिरियामा भएको रासायनिक आक्रमणमा स्पस्ट रुपमा सिरियाली सरकार जिम्मेवार रहेको दावी दोहोरयाएका छन। सिरियामा रासायनिक हतियारको प्रयोगका सम्बन्धमा राष्ट्रको नाममा संम्वोधन गर्दै अमेरिकी राष्ट्रपतिले फेरि यस्तो दावी गरेका हुन् । सम्बोधनमा अमेरिकी राष्ट्रपति ओबामाले सिरियामा रहेको रासायनिक हतियारको भण्डार नस्ट गर्ने...

संयुक्त औद्यागिक क्षेत्र सञ्चालनमा ल्याउन दुवै कोरिया सहमत

२०७० भदौ २६ गते ६:५७

सोल २६ भदौ–दक्षिण र उत्तर कोरिया केईसोङ स्थित संयुक्त औद्यागिक क्षेत्र आगामी हप्तादेखि पुनः सञ्चालनमा ल्याउन सहमत भएका छन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार अगामी सेप्टेम्बर १६ देखि उक्त संयुक्त औद्योगिक क्षेत्र पुन सञ्चालन गर्न दुई कोरिया सहमत भएका हुन् । गत अप्रिल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us