रासायनिक आक्रमणमा सिरियाली सरकार जिम्मेवार रहेको ओबामाको दावी

काठमाण्डु टुडे २०७० भदौ २६ गते ७:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बराक ओबामाले गत महिना सिरियामा भएको रासायनिक आक्रमणमा स्पस्ट रुपमा सिरियाली सरकार जिम्मेवार रहेको दावी दोहोरयाएका छन। सिरियामा रासायनिक हतियारको प्रयोगका सम्बन्धमा राष्ट्रको नाममा संम्वोधन गर्दै अमेरिकी राष्ट्रपतिले फेरि यस्तो दावी गरेका हुन् ।
सम्बोधनमा अमेरिकी राष्ट्रपति ओबामाले सिरियामा रहेको रासायनिक हतियारको भण्डार नस्ट गर्ने अभियानमा अमेरिकाले रुससँग सहकार्य गर्ने बताएका छन् । तर कुटिनितिक पहल असफल भए अमेरिका आक्रमणक गर्न पनि पछि नहट्ने राष्टपति ओबामाको भनाई छ । आप्mनै सरकारी निवास ह्वाईट हाउसबाट राष्ट्रको नाममा सम्बोधन गर्दै ओवामाले आफुलाई समस्याको सैनिक समाधानमा विश्वास नभएकोले नै लामो समय सैन्य कारवाहिलाई थाँती राखेको बताए ।

शान्तिपुर्ण ढंगबाट समस्याको समाधान निकाल्ने रुसी पहलको स्वागत गर्दै ओबामाले उक्त प्रयासको सफलताबारे अहिले नै भन्न नसकिने धारण पनि ब्यक्त गरे । कुनै पनि सहमति आशाद सत्ताको प्रतिबद्धता सुनिस्चित हुनु पर्ने भन्दै ओबामाले रुसी पहलले समस्याको शान्तिपूर्ण समाधानको बाटो खोलेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us