एक मिनेटमै सक्यो काठमाण्डू महानगरको कार्यपालिका बैठक, बजेट आइतबार आउने

काठमाण्डु टुडे २०८२ असार २७ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, २७ असार– काठमाण्डू महानगरपालिकाको आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट आइतबार आउने भएको छ । आज (शुक्रबार) बसेको ४० औं कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अर्को बैठक असार २९ गते दिउँसो २ बजे बस्ने जानकारी गराए ।

उनले बैठकका विभिन्न २४ एजेन्डा रहे पनि एउटामात्र एजेन्डा प्रस्तुत गरेका थिए । सोही एजेन्डाअन्तर्गत आइतबार लागि अर्को बैठक बोलाइएको हो। प्रमुख बालेनका अनुसार सोही दिन विहान ९ बजे कार्यपालिका बैठक बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us