रौतहट-रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेका छन् ।
दिउँसो करिब ३ बजेतिर समनपुर–हरैया घाटमा नुहाइरहेका बेला दुवै बालक नदीमा डुबेका थिए ।
स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूलाई नदीबाट बाहिर निकालिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।