नेपाली कांग्रेस त फुट्योः ओली

काठमाण्डु टुडे २०८३ असार १४ गते १८:४९ मा प्रकाशित

काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको दाबी गरेका छन ।

आज (आइतबार) मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको दाबी गरे ।

‘..कसरी फुट्यो, किन फुटायो, फुटेर के भयो ? नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने, ‘अरूलाई पनि फुटाउने कोशिस हुन सक्छ । पहिलेपहिले पनि फुटाउने कोशिस भएको छ, पर्टीहरू फुटेका छन् ।’

तर एमालेलाई फुट्न नदिने पनि ओलीले बताए । ओलीले भने, ‘कसैले हात हाल्न खोज्दैमा, त्यस्ता बाहिरबाट हात हाल्न खोजियो भने त्यस्ता कुराहरूलाई हामी चिन्छौ, ‘त्यस्ता कुराहरूलाई हामी पराजित गर्छौ । नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us