प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८२ असार २७ गते १५:०५ मा प्रकाशित

काठमाण्डू, २७ असार– प्रहरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सत्ता घटक दल नेपाली कांग्रेस निकंट नेपाल विद्यार्थी संघ नेताहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाण्डू अध्यक्ष अन्शुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पसका नेविसंघ अध्यक्ष प्रेम श्रेष्ठ, नेविसंघका कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरिका नेविसंघ उपाध्यक्ष रोहन देशार र त्रिचन्द्रका नेविसंघ नेता सतिश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको नेविसंघ नेता डा. नरेश भट्टले जानकारी दिएका छन । विद्यालयमा दोहोरो भर्ना बन्द गर्नुपर्ने, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यता आधारित नियुक्ति हुनुपर्ने लगायतका माग राखेर उनीहरूले प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us