रहेनन् पूर्वमन्त्री बालाराम घर्ती

काठमाण्डु टुडे २०८२ असार २७ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, २७ असार– राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता एवं पूर्व मन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

आज (शुक्रबार) बिहान सातदोबाटोस्थित निवासमा बसिरहेको बेला एकाएक स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले बीएण्डबी अस्पताल लगेकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको श्रेष्ठले जानकारी दिए ।

उनको श्रीमती र ७ छोरी छन् । एउटा बाहेक अरू छोरी विदेशमा रहेकाले उनीहरू आएपछिमात्रै अन्तिम संस्कार हुने श्रेष्ठले जानकारी दिए । उनको पार्थिव शरीर बीएण्डबी अस्पतालमै राखिएको छ । रोल्पाबाट प्रतिनिधित्व गर्ने उनी पटक पटक सांसद र मन्त्री भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us