
कावुल–अफगानिस्तानको दक्षिणी शहर हेरतमा तालिवानले अमेरिकी महावाणिज्य दुतावासमा आक्रमण गरेका छन् । तालिवानले आक्रमण गरेपछि अमेरिकी सेना र अफगानसेनाको आक्रमणकारीहरुसित भिडन्त भएको थियो । भिडन्तमा दुई अफगान सैनिक र ७ जना आक्रमणकारी मारिएका छन् ।
अमेरिकी महावाणिज्य दुतावास र त्यहाँका कर्मचारी भने सुरक्षित रहेको बताईएको छ । २०१४ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना हटाउने तयारी भईरहेको बेला यस्तो आक्रमण भएको हो । आक्रमणमा एक महिला सहित १७ जना सर्वसाधारण घाईते भएका छन् । हेरतमा एउटा पुरानो पाँच होटलको भवनमा चार वर्ष अघिमात्र अमेरिकी महावाणिज्य दुतावास खोलिएको हो ।