
काठमाण्डू, ४ असार– हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
कोशी, बागमती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।