बगदाद विष्फोटमा ३५ जना मारिए

काठमाण्डु टुडे २०७० भदौ २७ गते ४:२७ मा प्रकाशित

इराको राजधानी बगदाद नजिकै एक शिया मस्जिदमा भएको विष्फोटमा ३५ जना मारिएका छन् । मस्जिदमा भएका दुईवटा विष्फोटमा कम्तिमा ५५ जना घाईते भएको जनाईएको छ ।
शिया मुसलमान समुदायको वाहुल्यता रहेको कसरा जिल्लाको मस्जिदमा साँझको प्राथना सकेर मानिसहरु निस्कन लागेको बेला यो विष्फोट भएको थियो । उक्त विष्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । जिम्मेवारी कसैले नलिएपनि घटनाममा सुन्नी आतंकवादीहरुको हात रहेको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय इराकमा साम्प्रदायिक हिंसा निकै बढेको छ । यस वर्ष यस्ता साप्रदायिक हिंसाहरुमा मारिनेहरुको संख्या सन् २००८ यताकै सर्वाधिक भएको संयुक्त राष्ट्र संघको रिपोर्टमा जनाईएको छ । यस वर्ष जनवरी यता ५ हजार जना मारिएको र करिब १२ हजार जना घाईते भएको राष्ट्र संघ रिपोर्टमा जनाईएको छ । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us