सिरिया मामिलामा रुस–अमेरिका बैठक दोस्रो चरणमा प्रवेश

काठमाण्डु टुडे २०७० भदौ २८ गते १३:१६ मा प्रकाशित

सिरियाको रासायनिक हतियारका सम्बन्धमा रुस र अमेरिकाबीच जारी बैठक दोस्रो चरणमा प्रवेश गरेको छ । रुस र अमेरिकाका विदेशमन्त्रीहरुबीच स्वीट्जरल्याण्डको जनेभामा भईरहेको बैठक बुधबार एक घण्टा चलेको थियो । दोस्रो चरणको बैठकमा संयुक्त राष्ट्र संघ तथा अरब लीगका दुत लखदर ब्राहिमी पनि बैठकमा सामेल हुनेछन् ।
बैठक जारी रहे पनि दुई देशबीच सिरियाका सम्बन्धमा रहेको विवाद मेटिन अझै निकै समय लाग्ने सम्भावना रहेको बताईएको छ । यता एक रुसी टेलिभिजन च्यानलाई अन्तरवार्ता दिँदै सिरियाका राष्ट्रपति असदले रुसी प्रस्ताव एकपक्षिय हुने छैन भन्ने आशा ब्यक्त गरेका थिए । संयुक्त राष्ट्र संघमा सिरियाली दुत बशर जाफरीने सिरिया अब यस सन्धीमा पुर्ण रुपमा सामेल भई सकेको बताएका छन् ।
यसैबीच सिरियाले रासायनिक हतियार सन्धीमा सामेल हुनका लागि संयुक्त राष्ट्र संघमा निवेदन पेश गरेको छ । निवेदन रुसी प्रस्तावमा आधारित छ । सिरियाले पेश गरेको निवेदनको संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले स्वागत गरेका छन ।
सिरियाले आगामी ३० दिन भित्र संयुक्त राष्ट्र संघलाई रासायनिक हतियारको भण्डारका संबन्धमा आकडाहरु प्राप्त हुन सुरु हुने बताएको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले भने रासायनिक हतियार प्रयोग भईसकेको अवस्थामा यस्ता कारवाहिको कुनै महत्व नहुने भन्दै सिरियाको प्रस्ताव खारेज गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us