चिकित्सक माइतीघरमा विरोधमा व्यस्त, अस्पतालमा बिरामी अलपत्र

काठमाण्डु टुडे २०८२ असार २४ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, २४ असार– हिजो (सोमबार) देखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूका कारण बिरामीहरू अस्पतालमा अलपत्र परेका छन् । यता चिकित्सकहरू भने माइतीघरमा आन्दोलनमा छन ।

अति संवेदनशील र आपत्कालीन सेवा अन्तर्गत पर्ने अस्पतालको आकस्मिक एवं सघन उपचार( आईसीयू) बाहेकका सेवा बहिष्कार गरेर चिकित्सकहरू मंगलबार पनि आन्दोलनमा छन ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा विभिन्न सेवाहरूको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा उचित संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

एकै व्यवस्थाका कारण उपभोक्ता अदालतले फैसला गर्दै चर्को जरिवाना गराएको चिकित्सकहरूको तर्क छ ।  चिकित्सकहरूले उपभोक्ता अदालतको फैसलाको विरोध गर्दै आन्दोलन गरिरहँदा अस्पतालमा भने बिरामीहरूको बिजोग छ । टाढा टाढाबाट आएका बिरामीहरू मर्कामा परेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us