
काठमाण्डु, २९ भदौ–भारतको उडीशास्थित मल्कानगिरि जिल्लामा प्रहरीसँगको भिडन्तमा १४ माओवादी विद्रोहीको मृत्यु भएको छ । उडीशाका प्रहरी महानिर्देशक प्रकाश मिश्राले एक महिलासहित १४ विद्रोहीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् ।
शनिवार विहान छत्तीसगढ र उडीशाको सीमाक्षेत्रको जंगलमा मुठभेड भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यीनै माओवादी विद्रोहीहरुको समूहले गत मे २५ मा छत्तीसगढमा गरेको आक्रमणबाट काँग्रेस नेताहरुको मृत्यु भएको थियो ।
करिब १ सय माओवादी विद्रोहीहरु जंगलमा रहेको सूचनाको आधारमा प्रहरीले शुक्रबारदेखि नै सो इलाकामा निगरानी बढाएको थियो ।