संयुक्त औद्यागिक क्षेत्र सञ्चालनमा ल्याउन दुवै कोरिया सहमत

काठमाण्डु टुडे २०७० भदौ २६ गते ६:५७ मा प्रकाशित

सोल २६ भदौ–दक्षिण र उत्तर कोरिया केईसोङ स्थित संयुक्त औद्यागिक क्षेत्र आगामी हप्तादेखि पुनः सञ्चालनमा ल्याउन सहमत भएका छन् । दक्षिण कोरियाको एकीकरण
मन्त्रालयका अनुसार अगामी सेप्टेम्बर १६ देखि उक्त संयुक्त औद्योगिक क्षेत्र पुन सञ्चालन गर्न दुई कोरिया सहमत भएका हुन् ।

गत अप्रिल महिनामा दुई कोरियाबीच तनाव उत्पन्न भएपछि सो औद्योगिक क्षेत्र बन्द गरिएको थियो । कोरियाली प्रायद्विपमा तनाव उत्पन्न भएपछि उत्तर कोरियाले एकतर्फी रुपमा आप्mना कामदारहरुलाई फिर्ता बोलाएको थियो भने दक्षिण कोरियाली कामदारहरुलाई पनि औद्योगकि क्षेत्र छोडेर बाहिर जान बाध्य बनाइएको थियो । उत्तर कोरियाली भुमिमा रहेको केईसोङ आद्योगिक क्षेत्रमा एक सय २३ वटा दक्षिण कोरियाली उद्योगहरु छन् । यी उद्योगहरुमा दुवै कोरियाका गरेर ५० हजार कामदार कार्यरत छन् । यानै दुई कोरियाबीच संयुक्त लगानिमा संचालित उद्योग मध्ये चालु अवस्थामा रहेको एक मात्र उद्योग हो । यसमा अधिकांश रुपमा दक्षिण कोरियाको लगानी रहेको छ । केईसाङ आद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न आगामी अक्टुबर महिनामा रोड शो गर्न लागिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

समाचारहरुका अनुसार औद्योगिक क्षेत्रमा विदेशी लागानीकर्तालाई समेत खुला गर्नुपर्ने दक्षिण कोरियाली मागमा उत्तर सहमत भएपछि यस्तो रोड शो गर्न लागिएको हो । उत्तर कोरियाले तेस्रो पटक आणविक परिक्षण गर्न लागेको घोषणा गरेपछि दुई कोरियाबीच तनाव निकै बढेको थियो । त्यसबेला उत्तर कोरियामाथि अमेरिकी आक्रमणको खतरा समेत बढेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us