युवती बलात्कारका सबै आरोपीलाई मृत्युदण्ड

काठमाण्डु टुडे २०७० भदौ २८ गते ९:५३ मा प्रकाशित

काठमाण्डु, २८ भदौ–भारतको नयाँदिल्लीमा बसभित्र एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । दिल्ली अदालतका न्यायाधीश योगेश खन्नाले शुक्रबार सबै अभियुक्तलाई बलात्कारमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेका हुन् ।

ति चारैजनालाई सामुहिक बलात्कार, हत्या, हत्याको प्रयास, अप्राकृतिक कार्य, प्रमाण नष्ट गर्ने षडयन्त्र गरेको लगायतका मुद्दामा दोषी ठहर्याएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

मृत्युदण्डको फैसला सुनाउँदा वित्तिकै अभियुक्तहरु रुन शुरु गरेका थिए । उनीहरुको पक्षमा वकालत गर्दै आएकाहरुले पनि अदालतको अन्तिम फैसलालाई सत्यको जीत नभै न्यायको हार भएको भन्दै विरोध जनाएका थिए । वकील एपी सिंहले अदालतको फैसला पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित भएको बताएका छन् ।

गत बर्ष बसभित्रै सामुहिक बलात्कारको शिकार भएकी एक युवतीको भारतमा उपचार सम्भव नभएपछि विदेशमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बलात्कारमा संलग्न ६ जनामध्ये एक जनाको जेलमै मृत्यु भैसकेको थियो भने अर्का एकजनालाई नाबालक भएको भन्दै तीन बर्षको जेल सजाय यसअघि नै सुनाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us