सिरियामाथि अमेरिकी आक्रमण:‘आतंकको नयाँ श्रृखला’

काठमाण्डु टुडे २०७० भदौ २७ गते ८:५६ मा प्रकाशित

Valdimirरुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाको मामिलामा अमेरिकी जनतालाई प्रत्यक्ष अपील गरेका छन । चर्चित अमेरिकी पत्रिका न्युयोर्क टाईम्समा लेखिएको आप्mनो लेख मार्फत पुटिले अमेरिकी जनतालाई प्रत्यक्ष सम्बोधन गरेका हुन् ।
लेखमा रुसी राष्ट्रपतिले सिरियामाथि अमेरिकी हमलाले आतंकको नयाँ श्रृखला सुरु गर्ने सक्ने भन्दै अमेरिकी जनतालाई सचेत गराएका छन । लेखमा पुटिनले संसारभरिका धेरै मनिसले अमेरिकालाई लोकतन्त्रको नमुनाको रुपमा नभई हिंसक फौजमा आधारित देशको रुपमा हेर्ने गरेको बताएका छन् । अमेरिका र रुसबीच जेनेभामा सिरियाका सम्बन्धमा वार्ता हुने पुर्वसंध्यामा रुसी राष्ट्रपतिको यस्तो लेख आएको हो । पछिल्लो समयमा विकसित घटनाक्रले गर्दा आफुले प्रत्यक्ष रुपमा अमेरिकी जनतासँग संवाद गर्न चाहेको रुसी राष्ट्रपति पुटिनले लेखमा बताएका छन् ।
प्रभावशाली देशहरुले संयुक्त राष्ट्र संघलाई अवमुल्यन गरेर अगाडि बढ्ने क्रम जारी रहने हो भने यसको भविष्य पनि लिग अफ नेसनकै जस्तो हुने चेतावनी पनि पुटिनले दिएका छन् । संसारका विभिन्न देश तथा पोप जस्ता धार्मिक नेता समेतको विरोधका वावजुद सिरियामा आक्रमण हुन्छ भने त्यसले धेरै निर्दोशको ज्यान जाने भन्दै पुटिले अमेरिकी जनतालाई आक्रमणको विरोध गर्न आब्हान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us