रासायनिक हतियार अन्तर्राष्ट्रिय निगरानीमा राख्न सिरिया तयार

काठमाण्डु टुडे २०७० भदौ २७ गते ४:२८ मा प्रकाशित

सिरियामा रहेका रासायनिक हतियारलाई अन्तर्राष्ट्रिय निगरानीमा राख्ने रुसी प्रस्तावमाथि छलफल गर्न सुरक्षा परिषदको बैठक बसेको छ । न्युयोर्कमा भएको बैठकमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र सहभागी थिए ।
परिषदका स्थायी सदस्य मध्ये अमेरिका बेलायत र फ्रान्स सिरियाका लागि बाध्यकारी हुने खालको प्रस्ताव ल्याउने तयारीमा छन् । रुसले भने यस्तो कुनै प्रस्तावको विरोध गरिरहेको छ । परिषदको पाँचौ सदस्य चीन पनि सिरियामा कुनै पनि किसिमको आक्रमणको विरोध गर्दै आएको छ । बिहिबार नै रुस र अमेरिकाबीच सिरियाका विषयामा द्वीपक्षिय वार्ता समेत तय भएको छ । समाचार अनुसार सिरियाको रासायनिक हतियारलाई सुरक्षित बनाउने आप्mनो कार्ययोजना रुसले अमेरिका समक्ष प्रस्तुत गरिसकेको छ ।

रुसी प्रस्तावपछि पहिलो पटक सिरियाले आफुसँग रासायनिक हतियारको भण्डार रहेको स्वीकार गर्दै त्यसलाई विदेशी निगरानीमा राख्न तयार रहेको जनाएको छ । तर गत अगस्त २१ तारिख राजधानी दमास्कस नजिकै भएको रासायनिक आक्रमण भने आफुले नगराएको सिरियाली सरकारले दावी गर्दै आएको छ । सिरियाली सरकार र रुसले उक्त रासायनिक हमला विद्रोही पक्षले गराएको बताउँदै आएका छन् । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us