भारतमा ४ बर्षीया बालिका बलात्कृत

काठमाण्डु टुडे २०७० भदौ ३० गते ६:१६ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– भारतको महाराष्ट्रमा चार बर्षीया स्कूले बालिका बलात्कृत भएकी छन् । महाराष्ट्रको ठाणे जिल्लाको बदलापुरमा केजीमा अध्ययनरत चार बर्षीया बालिका स्कुल बस भित्र बलात्कृत भएकी हुन् ।

घटना सार्बजनिक भएपछि प्रहरीले बसका स्टाफ सन्दीप कर्वेलाई पक्राउ गरेको छ । आक्रोशित स्थानीय बासीन्दा र आफन्तले विद्यालयमा बस सुविधा उपलब्ध गराउने ठेकेदारको कार्यालय तथा बसमा तोडफोड गरेका छन् । नयाँदिल्लीमा बसभित्रै एक युवतीलाई सामूहिक बलात्कार गर्ने चारजनालाई मृत्युदण्डको सजाय सुनाइएको केही दिनभित्रै अर्को बलात्कारको घटना सार्बजनिक भएको हो ।

बदलापुरको सबैभन्दा ठूलो र प्रसिद्ध काँनवेन्ट स्कूलकी छात्रा बलात्कृत भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । ६ सेप्टेम्बरको दिन ४ बजे स्कूल विदा भएपछि केजीमा अध्ययनरत ति बालिका सँधैजसो सबैभन्दा पहिले स्कूल बसमा आएर बसिन् । त्यसैको मौका पारेर २६ बर्षे संदीप कर्वेले बालिकालाई बलात्कार गरेका थिए । त्यसको अर्को दिन बालिकाले सबैकुरा बताएपछि आमा बुवाले थाहा पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us