काठमाण्डु ४ असोज–सिरियाका उप–प्रधानमन्त्री कादिर जमिलले सिरियाको गृह युद्ध दुवै पक्ष बराबरी अवस्थामा रहेको बताएका छन् ।
सिरियाको युद्धमा अहिले कुनै पक्ष कुनै पक्षमाथि विजय प्राप्त गर्नसक्ने अवस्थामा नरहेको उनले बताए । जमिलका अनुसार युद्धको बराबरीको अवस्था केहि समय रहिरहने छ । बेलायती समाचारपत्र गार्जियनलाई प्रतिकृया दिँदै जमिलले स्वीट्जरल्याण्डको जेनेभामा हुने भनिएको प्रस्तावित शान्ति वार्तामा सिरियाली सरकारले विद्रोहीहरुसँग युद्ध
विरामको प्रस्ताव राख्ने बताए । सिरियाको सरकारी पक्ष र विद्रोहीबीच स्वीट्जरल्याण्डको जेनेभामा शान्तिवार्ता गराउन रुसले पहल गरिरहेको छ । यता अमेरिकाले भने सिरियाको रासायनिक हतियारका सम्बन्धमा कुनै निर्णयमा पुग्न
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदलाई दबाब दिइरहेको छ ।
आफुले सिरियाली सरकारका तर्पmबाट आधिकारिक रुपमा प्रतिकृया दिईरहेको बताउँदै जमिलले सिरियाली सरकार शान्तिवार्तामार्फत युद्ध विरामको आव्हानपछिको अवस्थाको पर्यवेक्षणका लागि स्वतन्त्र अथवा मित्र राष्ट्रका सेनालाई बोलाउन समेत तयार रहेको उपप्रधानमन्त्री जमिलले बताए । उनका अनुसार यसले बाह्य हस्क्षेप बिना समस्याको शान्तिपूर्ण समाधानको बाटो खोल्ने छ ।
यसैबीच ईरानका राष्ट्रपति हसन रुहानीले ईरान रचनात्मक सहभागिताको नीति अन्तरगत सिरियामा शान्तिकोलागि प्रयास गर्न तयार रहेको बताएका छन् । अमेरिकी समाचार पत्र वासिंगटन पोष्टमा आप्mनो धारण लेख्दै रुहानीले सिरिया होस वा बहराईन, त्यहाँकै जनतालाई आप्नो भविष्यबारे निर्धारण गर्न दिने गरि रचनात्मक वार्ताको पहल गर्नु पर्ने बताएका
छन् । त्यस्तो पहल अन्तरगत ईरान सिरियाको सरकार र विद्रोही पक्षबीच मध्यस्थता गर्न तयार रहेको रुहानीले बताए ।