दुई कोरियाको औद्योगिक क्षेत्र खुला

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १:५८ मा प्रकाशित

उत्तर कोरियाली भुमिमा रहेको उत्तर र दक्षिण कोरियाको संयुक्त ओद्योगिक क्षेत्र केईसोङ खुला गरिएको छ । केहि समय अघि दुई कोरियाबीच युद्धको खतरा उत्पन्न भए पछि बन्द गरिएको उद्योग खुलाउन गत हप्ता दुई कोरिया सहमत भएका थिए । 
उद्योग खुल्नुलाई दुई कोरियाबीचको तनावमा कमि आएको संकेतको रुपमा हेरिएको छ । उद्योग खुल्दा विहान ८ बजे देखि नै उत्तर र दक्षिणको सिमामा दक्षिणबाट उत्तरतिर आउने ट्रकहरुको ताँती देखिएको थियो । झण्डै ८ सय दक्षिण कोरियाली कामदार पनि उद्योगमा काम शुरु गर्न उत्तर कोरिया प्रवेश गरेका छन् । उत्तर कोरियाली भुमिमा रहेको केईसोङ औद्योगकि क्षेत्रमा १ सय २३ वटा दक्षिण कोरियाली उद्योगहरु छन् । ती उद्योगहरुमा झण्डै ५ हजार जनाले रोजगार पाएका छन् । दुई देशको संयुक्त लगानीका यी उद्योगहरुमा अधिकांश लगानी दक्षिण कोरियाको रहेको छ । दुई देशबीच तनाव कम गर्ने र दक्षिणको आर्थिक उन्नतिमा उत्तर पनि सहभागी हुन पाओस भनेर खोलिएको यो औद्योगिक क्षेत्र उत्तर कोरियाको आम्दानीको निकै ठुलो स्रोत हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us