मंगलबार, १८ वैशाख, २०८१

समाचार

ट्रेड युनियन काँग्रेसमा कोइराला र देउवा पक्षको भिडन्त

२०७० भदौ १० गते ७:४०

चितवन, १० भदौ–नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको नयाँ नेतृत्वकोलागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवापक्षबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनमा जारी महाधिवेशनमा कोइरालापक्षका पुष्कर आचार्य र देउवा पक्षका खिलानाथ दाहालले नेतृत्वमा दावी गरेका हुन् । उनीहरु आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा...

नेपालको सेना समायोजन विश्वमै उदाहरणीय : रेग्मी

२०७० भदौ १० गते ६:२७

काठमाण्डु, १० भदौ– चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेपालको सेना समायोजन प्रकृया विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । ९ महिने तालिम पूरा गरेका ७० जना माओवादी पूर्वलडाकुहरुलाई सोमबार दर्ज्यानी चिन्ह वितरण समारोहलाई सम्बोधन गर्दै रेग्मीले यस्तो धारणा राखेका हुन् । ‘नेपालको सेना समायोजन प्रकृया...

ललितपुरमा दुई हजार टेलिफोन अवरुद्ध

२०७० भदौ १० गते ५:४०

ललितपुर, १० भदौ–  ठेकेदारहरुको लापरबाहीका कारण ललितपुर जिल्लाका करिब दुई हजार टेलिफोन लाईन काटिएका छन् । सडक विस्तारको काममा जुटेका निर्माण कम्पनीहरूले नेपाल टेलिकमसँग समन्वय नै नगरी काम गर्दा ल्याण्डलाइन टेलिफोन अवरुद्ध भएका हुन् । ‘सडक विस्तारको काममा जथाभावि खन्दा झण्डै दुई हजार टेलीफोन...

काँग्रेसको जित नभएसम्म लोकतान्त्रिक संविधान असम्भव : पौडेल

२०७० भदौ १० गते ५:२३

चितवन, १० भदौ–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभा निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नुपर्ने बताएका छन् । विगतमा पार्टीको कतिपय कमजोरीका कारण हार व्यहोर्नुपरेको भन्दै उनले अब व्यक्तिभन्दा पार्टी ठूलो हो भनेर उम्मेदवार छनोट गर्न कार्यकर्तासँग आग्रह गरे । नेपाल ट्रेड युनियन काँग्रेस...

उपाधि दावेदार म्यान्चेष्टर सीटी नवप्रवेशी कार्डिफसँग स्तब्ध

२०७० भदौ १० गते ५:१२

काठमाण्डु, १० भदौ–ईङलिश प्रिमियर लिग फुटबलको उपाधी दावेदार म्यान्चेस्टर सिटी नवप्रवेशी कार्डिफसँग स्तब्ध भएको छ । आफ्नै गृह मैदानमा सीटीले कार्डिफसँग ३–२ गोल अन्तरले पराजय भोग्यो । गएरातीको यो नतिजासँगै म्यानचेष्टर सीटीलाई धक्का लागेको विश्लेषण गरिएको छ । गएराति नै भएको अर्को खेलमा टोटोन...

७० माओवादी पूर्वलडाकु अब सेनाको अधिकृत

२०७० भदौ १० गते ५:०२

काठमाण्डु, १० भदौ– समायोजन रोजेका ७० जना माओवादी पूर्वलडाकुले सोमबार नेपाली सेनाको अधिकृत तहको जिम्मेवारी सम्हाल्दै छन् । भक्तपुरको खरीपाटीस्थित तालिम केन्द्रमा एक समारोहबीच मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा उनीहरुलाई दज्र्यानी चिन्ह दिइदै छ । सोमबार सबैलाई उपसेनानी अर्थात् लेफ्टिनेन्ट तहको दज्र्यानी चिन्ह दिइने...

अख्तियारद्वारा प्राधिकरणका २६ कर्मचारीविरुद्ध मुद्धा दायर

२०७० भदौ ९ गते १५:२३

काठमाण्डु, ९ भदौ– अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका २६  उच्च अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । ट्रान्सफरमर खरिदमा अनियमिता गरेको अभियोगमा कार्यकारी निर्देशक रामेश्वर यादवसहितका अधिकारीविरुद्ध अअख्तियारले मुद्धा दायर गरेको हो । उनीहरुसँग १८ लाख ४० हजार ५ सय...

कोसी अञ्चल अस्पतालका ३९ चिकित्सको राजीनामा

२०७० भदौ ९ गते १४:३०

मोरङ ९ भदौ– प्रसुति गराउन अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर सुरु भएको विवाद चर्किएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आफूहरुको भौतिक सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत ३९ चिकित्सकले फ्याक्समार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र पठाएका...

बाबुराम र नारायणकाजी एउटै क्षेत्रका उम्मेद्वार

२०७० भदौ ९ गते १२:५९

काठमाण्डु, ९ भदौ । एकीकृत माओवादी गोरखाले आसन्न संविधानसभानको प्रत्यक्षतर्फ आफ्ना दुई पूर्वउपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नाम एउटै क्षेत्रबाट सिफारिस गरेको छ । शनिबार बसेको माओवादी गोरखाको बैठकले भट्टराई र श्रेष्ठको नाम जिल्लाको क्षेत्र नम्बर दुईबाट सिफारिस गरेको हो । भट्टराई सोही...

उम्मेदवारी दर्ता गर्नै नदिने माओवादीको चेतावनी

२०७० भदौ ९ गते १०:४०

काठमाण्डु, ९ भदौ –  नेकपा–माओवादीले आगामी चुनावमा उम्मेदवारी दर्ता गर्नै नदिने धम्की दिएको छ । माओवादी उपाध्यक्ष सिपी गजुरेलले चुनाव बहिष्कार अभियान अन्तर्गत कुनै पनि दलले उम्मेदवारी दर्ता गर्नै नसक्ने अवस्था बनाइदिने चेतावनी दिएका हुन् । ‘बहिष्कार अभियान सफल भएरै छाड्छ,’ आइतबार काठमाण्डुमा पत्रकारसँग...

चुनावको मितिमा कसैसँग सम्झौता हुँदैन : कोइराला

२०७० भदौ ९ गते १०:२०

चितवन, ९ भदौ- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनको मितिमा कसैसँग सम्झौता नहुने बताएका छन् । आइतबार चितवनका कार्यकर्तासँगको भेटमा कोइरालाले मंसिर ४ का लागि तोकिएको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेकाले मिति सार्न असम्भव रहेको बताए ।...

वैद्य माओवादीसँग सहमतिको सम्भावना कायमै : प्रचण्ड

२०७० भदौ ९ गते १०:१८

काठमाण्डु, ९ भदौ - एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा–माओवादीसँग सहमतिको सम्भावना अझै बाँकी रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत आइतबार थानकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले माओवादीलाई सहमतिमा ल्याउन प्रयास जारी राख्ने बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us