जब प्रियंकाले तीन वर्षीया छोरीकै अगाडि प्रेमीसँगै झुण्डिएर आत्महत्या गरिन्…

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १८:०१ मा प्रकाशित

जनकपुर, ११ वैशाख– जनकपुरको एक होटलमा महिला र पुरूष सँगै मृत भेटिएका छन् ।

जनकपुरको रामानन्द चोकस्थित होटल होलीडे एण्ड गेष्ट हाउसमा दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत फेला पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका–४ की २५ वर्षीया प्रियंका कापर छन् ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले पासोमा झुण्डिएको अवस्थामा मंगलबार उनीहरु मृत भेटिएको बताए । अवाका अनुसार उनीहरु विगत चार दिनदेखि होटलमा सँथगै बसेका थिए । उनीहरुबीच विवाहेत्तर सम्बन्ध रहेको बुझिएको छ ।

मृतक प्रियंकाले तीन वर्षीया छोरी पनि सँगै लगेकी थिइन् । आमा र उनका प्रेमीले सँगै आत्महत्या गरेपछि बालिका रोएको आवाज आएको थियो ।

लगातार बालिका रोएपछि होटल कर्मचारीले झ्लायबाट हेर्दा कोठाभित्र दुई जना झुण्डिएको देखेर प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us