भारतीय सतलज कम्पनीले भन्योः सन् २०३० सम्म ५ हजार मेगावाट विद्युत उत्पादन गर्छौं

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर सुशील शर्माले नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् ।

आफ्नो कम्पनीले सन् २००८ देखि नेपालमा लगानी सुरू गरेको भन्दै उनले काम गर्ने वातावरण सहज भएको बताए । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना विकासका लागि सम्झौता गरेर लगानी सुरू गरेको उल्लेख गर्दै उनले हाल करिब दुई हजार २ सय मेगावाटका तीन जलविद्युत आयोजनामा काम भइरहेको जनाए ।

सतलजले हालसम्म नेपालको जलविद्युतमा तीन खर्ब ३० अर्ब रूपैयाँ लगानी गरिसकेको जानकारी उनले दिए । नेपालमा आगानी सन् २०३० सम्म ५ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने प्रतिबद्धता उनले जनाए । उनले नेपाल लगानीमैत्री देश भएको उल्लेख गरे ।
काम गर्ने सहज वातावरण हुँदा अरूण तेस्रो जलविद्युत आयोजनाको विकासमा सहजता उत्पन्न पनि उनले बताए ।

अरूण तेस्रो जलविद्युत आयोजनाको प्रगति विवरण सुनाउँदा आफूलाई खुसी लागिरहेको उनको भनाइ थियो । उक्त आयोजनाको ७४ प्रतिशतभन्दा धेरै प्रगति भइसकेको बताए ।

सतलजले नेपालको जलविद्युत, सोलार पावर प्लान्ट, वायु ऊर्जा उत्पादन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us