संसद्‌मा नेकपाको प्रश्नः कति जनाले आत्मदाह गरेपछि घर–घरमा राहदानी पुग्छ ?

काठमाण्डु टुडे २०८३ असार २५ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्‌मा उठेको छ ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरेका हुन् । यो विषय प्रतिनिधिसभामा उठाउँदै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारलाई प्रश्न गरे , ‘कति जना नागरिकले आफ्नो शरिरमा आगो लगाएपछि घर–घरमा राहदानी पुग्ने हो ?’

यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको स्वास्थ्य लाभको कामना पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us